लेखक घिमिरे
नेपाली राजनीतिका एक माहिर खेलाडी प्रचण्डको विगत तथा वर्तमान राजनीतिलाई नियाल्न मन लाग्यो । सान्दर्भिकता अहिलेको वर्तमान राजनीतिक परिवेशले प्रमाणित गर्ला ? आशा गरौं । वहाँको राजनीतिको आरम्भ र व्यक्तिगत उतारचढावको विश्लेषण गर्ने मेरो उद्देश्य होइन तर राष्ट्रिय राजनीतिमा उदय तथा शक्ति हत्याउन गरेका केही ‘कु’ को चर्चा यहाँ गर्ने प्रयत्न गर्दैछु।
रास्ट्रकै व्यवस्थित पार्टी एमालेलाई समेत क्षतविक्षत बनाउन सफल चतुर व्यक्ति जो प्रचन्डका नामले बढी चिनिन्छन् । उनीको रास्ट्रिय राजनीतिमा उदय पार्टीकै सबै केन्द्रीय नेतृत्वलाई ‘कु’ गरेर भएको हो र आज पनि यो हत्कण्डा उनको मुख्य हतियार चलिराखेको छ । एमाले पार्टी सदस्य, सबै तहको संगठन, कार्यालय र व्यवस्थापन सबै हिसाबले यो एक संगठित शक्ति थियो । यसलाई तहसनहस नबनाइ ज्ञानेन्द्र वा प्रचण्ड जस्ता एकात्मकवादीहरु सफल हुँदैनन् । यो उनीहरुले राम्ररी बुझेका छन् । यो संगठनको बारेमा र प्रचण्डको कदमहरुको बारेमा छुट्टै चर्चा गर्नेछु ।
वहाँ यस्तो महान नेता हुनुहुन्छ कि ३३ वर्षमा वहाँको नेतृत्वमा ६ वटा पार्टी नाम नामेट नै भए । जसमा मशाल, एकता केन्द्र, नेकपा माओवादी, एमाओवादी, माओवादी केन्द्र र हालसालै वा अझै प्रयत्न गर्दै नेकपा छन्। यही दौरानमा आफू पार्टी प्रमुख नहुँदाका नेताहरुको ‘कु’ बाट हटाइए भने वहाँका सम्भावित उत्तराधिकारी सबैको राजनीतिक हत्या गरियो । यहीं चरित्रको प्रतिफल हो अहिलेको देशको अस्थिरता । पूर्व एमाले पार्टी र यसका नेताहरुको समापन गर्नु भनेको देशको प्रमुख रास्ट्रवादी प्रगतिशील जनवादी शक्तिको अन्त्य गर्नु हो र सिंगो मुलुकमा अस्थिरता सदाको निम्ति निम्त्याउनु हो । यो स्थिति विस्तारवादी भारतीय चाहनासंग ठ्याक्कै मिल्छ । पक्कै यो नियत नबुझेर नेकपाका दुई वरिष्ठ नेताहरु प्रचण्डको पछि लागेका होलान् भन्ने मलाई चाहिँ लागेको छैन ।
एक प्रसंग सम्झन चाहन्छु, हामी कीर्तिपुर विश्वविद्यालयमा स्नाकोत्तर तह अध्ययन गर्दा माओवादी युद्ध भर्खर भर्खर सुरु भएको थियो । दुईटा कारणले हामी ससस्त्र विद्रोहको विपक्षमा तर्क गर्थ्यौं । पहिलो, रसिया तथा पूर्वी युरोपमा कम्युनिष्टहरुको पतन र दोश्रो, जनताको बहुदलीय जनवाद(जबज)को व्याख्या । तर क्रान्तिकारी साथीहरु दह्रोसंग तर्क गर्थे कि मालेले झापामा दुई \चार जनाको टाउको काटेर यत्रो पार्टी बनाए भने हामी दश वर्ष ससस्त्र युद्ध गर्दा सबैभन्दा ठूलो पार्टी त पक्कै पनि बनाउँछौं । संयोग वा नियति माओवादी युद्ध १० वर्षमा नै सकियो । कुनै बेला प्रचन्डका समेत नेता रहेका वाचस्पति देवकोटाले समेत यो कुरा गर्नु भएको छ की प्रचन्डको विश्लेषण ठ्याकै यही थियो । यो आन्दोलनभित्र पनि थुप्रै सही कम्युनिष्ट थिए र बिना कुनै व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा बिना जनताको मुक्तिका लागि लडे । यो वर्ग अझै पनि दुख पीडामा छट्पटाई रहेको छ ।
मूल नेतृत्व कहाँ छ सबैलाई थाहै भएको विषय हो । मशालको पोलिट्ब्युरो सदस्य समेत नरहेको व्यक्ति पार्टीको महामन्त्री बन्छ अनि सुरु हुन्छ नेपाली कम्युनिष्ट भित्रको एक हिस्साको जंगबहादुरको उदय । मशाल समूह भित्रको आफ्नो कालो कर्तुत नामेट पार्न पार्टी नै हत्या गरिन्छ । अनि जन्मिन्छ एकता केन्द्र । त्यहाँ भित्रको राजनीतिक खेल धेरै व्याख्या गरिरहनु पर्दैन । नयाँ च्याप्टर सुरु हुनुभन्दा पहिला नै नारायणकाजी श्रेष्ठ आफ्नो पार्टी एकता केन्द्र बुझाएर बाहिरिन्छन् । त्यसपछि सुरु हुन्छ नेकपा माओवादी र जनयुद्ध। माओवादी तथा त्यसपछि बनेका एमाओवादी र माओवादी केन्द्रमा धेरै सहपाठी कमरेडहरुको तेजोबध भएको त हामी जस्ताले नै देखेकै छौं । मेरो उद्देश्य भनेको जन आन्दोलनको आलोचना गर्नु हैन । तर यस भित्र आफ्ना सहयोद्धा कमरेडहरु कसरी पाखा लगाइए भन्ने विश्लेषण गर्नु हो ।
यो टाईमको लिस्ट लामो बन्छ तर पनि नाम ४\५ जनाको नाम नलिँदा अन्याय होला कि जस्तो लागेर नामहरु राखेको छु । ती हुन्, मोहन वैद्य, रामबहादुर थापा बादल, सिपी गजुरेल, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द आदि। वहाँहरु मध्ये धेरैलाई त जनयुद्धको बेलामा नै सिद्याउने प्रयत्न गरेको देखिन्छ । वहाँको राजनीतिक चार्तुयता त शान्ति प्रकृयामा आएपछि झन झन स्पष्ट रुपमा एकपछि अर्को गर्दै देखा पर्न थाले । मुख्य सबै पार्टीमा आफ्ना कार्यकर्ता बनाउन सफल हुनुभयो । यतिसम्म भयो कि पहिलो संविधान सभाको निर्वाचनमा शीर्ष तहका नेताहरु त प्रचार प्रसारमा नै गएनन् । परिणाम के भयो भन्नै परेन् । आम जनताले त यो कुरा बुझ्न उनको क्यान्टोन्मेन्टको भाषण कुर्नु पर्यो । यो एक टर्निङ पोइन्ट हो । यस अध्याय भित्र थुप्रै पोलिटिकल कोर्से छ्न् । तराई आन्दोलन सायद मुख्य रहला । जति नै भेष बदले पनि मुखुन्डो खुलेको यही बेला हो । अनि त जनताले थाहा पाए कमरेडको असली रुप ।
खुल्ला राजनीतिमा वहाँको जम्काभेट दुई संगठित संस्थासँग हुन्छ, अनि दुवैलाई ‘कु’ को प्रयत्न हुन्छ । एक सबैको साझा र अलिक स्वतन्त्र र व्यावसायिक छ र सबै मिलेर जोगाउन सफल भयौं । दोश्रो अहिले चपेटा छ र यसले आफ्नो अस्तित्व जोगाउनु छ । पहिलो संस्था नेपाली सेना हो भने दोश्रो पूर्व एमाले हो । नेपाली सेना राष्ट्रिय सम्पत्ति भएकोले सबैले मिलेर यसको निष्पक्षता निकै संघर्ष गरेर व्याँसोवादबाट बचाए। दोश्रो, शान्ति सिभिलियन तर व्यबस्थित जनताको शक्ति हो । यसलाई बचाउन अरु कोही आउँदैन । यो जबसम्म सतिसाल जस्तो ठाडो छ र थियो यस्ता एकात्मक, गैरजिम्मेवार तथा अराष्ट्र्रिय तत्व टिक्नेवाला थिएन । बाहिरबाट आक्रमण गरेर नसकेपछि भित्र नै पसेर खत्तम पार्ने सक्दो प्रयत्न छ । यसको धरातल जे हो त्यसैले यसको संरक्षण गर्छ । त्यो भनेको यसको नेतृत्व संगठित कार्यकर्ता र जनआधार नै हो ।
अन्त्यमा नव वर्ष २०२१ को सबैमा शुभकामना ।
(घिमिरे तत्कालिक एमाले निकट प्रवासी नेपाली मंच युकेका पूर्व अध्यक्ष हुन्)
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ