लण्डन । बेलायत र युरोपियन युनियनबीच भएको व्यापार सम्झौतालाई बेलायतको संसदले अनुमोदन गरेको छ ।
बेलायती संसदमा बुधबार भएको मतदानमा व्यापार सहमतिको पक्षमा ५२१ र विपक्षमा ७३ मत परेको थियो ।
व्यापार सम्झौताका पक्षमा सत्तारुढ कन्जरभेटिभ पार्टी र प्रमुख प्रतिपक्षी लेबोर पार्टीले मतदान गरेका थिए भने स्कटिश न्याशनालिष्ट पार्टीलगायतले विपक्षमा मतदान गरेका थिए ।
बेलायती संसदबाट पारित भएसँगै बेलायत र युरोपियन युनियनबीच गत साता सम्पन्न व्यापार सम्झौता भोलि राति बेलायतको समय ११ बजेदेखि लागू हुनेछ ।
बेलायतमा सन् २०१६ मा सम्पन्न जनमत संग्रहले युरोपियन युनियनबाट बाहिरिने पक्षमा जनादेश दिएको थियो । सोअनुसार सन् २०२० को जनवरी ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिएको थियो तर व्यापार लगायतका सहमति गर्न ११ महिनाको संक्रमणकालिन समय दिइएको थियो । सो समय भोलि राति ११ बजे सकिँदै थियो ।
यसअघि बेलायती संसदमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले युरोपसितको सहमतिले बेलायतलाई महत्वपूर्ण कुराहरु आफ्नै नियन्त्रणमा राख्ने अवसर दिएको बताएका थिए ।
नयाँ सहमतिमा युरोपियन युनियनका नेताहरुले हस्ताक्षर गरेपछि आजै बेलायती प्रधानमन्त्रीको हस्ताक्षरका लागि लण्डन आइपुगेको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश