लण्डन । मगर संघ क्याट्रिक शाखाको छैटौं अधिवेसनले पुन: क्याप्टेन भक्तबहादुर थापामगर एमभिओको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शाखाको डिसेम्बर २५का दिन सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा २५ सदस्सीय नयाँ समिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिका उपाध्यक्षमा दिलबहादुर रानामगर, सचिव प्रदीप रानामगर, सहसचिव सचिन रानामगर, कोषाध्यक्ष थमन रानामगर, सहकोषाध्यक्ष टोपबहादुर थापामगर चयन भएका छन् यस्तै सदस्यहरुमा खाद्य संयोजक डम्बर राना र सहसंयोजक प्रेमप्रसाद थापा, पेयपदार्थ व्यवस्था संयोजक महेश थापामगर र सहसंयोजक सोलाल रानामगर, जायजेथा संयोजक रमेश थापामगर र सहसंयोजकहरुमा भेषबहादर बुढाथोकीमगर र पदम आलेमगर, साँस्कृतिक सुपरीवेक्षक धनबहादुर श्रीशमगर, साँस्कृतिक संयोजकमा विशाल थापामगर र सहसंयोजकमा युवराज थापामगर, यातायात संयोजकमा खेमबहादुर आलेमगर र सहसंयोजकमा दलबहादुर थापामगर (पाल्पा) रहेका छन् ।
यसैगरी मिडिया संयोजकमा खेमबहादुर थापामगर, युवा संयोजकमा तिलक थापामगर र सहसंयोजकमा यादवकुमार गाहामगर, क्याट्रिक महिला संयोजकहरुमा ज्ञानीसरा थापामगर र मान रानामगर, डार्लिङटन महिला संयोजकहरुमा तेजकुमार राना र भोजकुमारी थापा रहेका छन् ।
नवनिर्वाचित समितिलाई मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सुनिल राना र महासचिव रुद्र थापाले बधाई तथा शुभकामना दिएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश