बेलायतमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली निकट समुहले नेपालमा बदलिदो राजनीतिक घटनाको बारेमा ‘भर्चुअल भेला’ गरेको छ ।
प्रवासी नेपाली एकता मंच सँग आवद्ध रहेका नेताहरुकै संयोजनमा पहिलो पटक बेलायतमा भर्चुअल भेला भएको हो । उक्त भेला प्रवासी नेताहरु भक्त गुरुङ, आङकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिंखडा, तुंगभद्र भुसाल, कृष्ण भट्टराई, सुरेन्द्र थपलिया लगायतले संयुक्त रुपमा संयोजन गरेका हुन् ।
शनिबार गरिएको ‘भर्चुअल जुम भेला’लाई नेकपा (ओलीसमुह)का महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री कमरेड विष्णुप्रसाद पौडेलले सम्बोधन गरेका थिए । उनले बर्तमान परिस्थितिका बारेमा संक्षिप्त जानकारी गराएका थिए । व्यस्तताका बावजुद भर्चुअल जुम भेलामा उपस्थित मन्त्री पौडेलले मुलुक निर्वाचनमा होमिएको बताए ।
भेलामा १५० जना सदस्यहरुको उपस्थिती रहेको नेता गुरुङले जनाए । उनका अनुसार भेलाले नेपालमा बाध्यात्मक परिस्थितिमा आईपरेकाले मध्यावधि निर्वाचनमा सहभागी हुन आम नेपाली जनसमुदायलाई अपील गरेको छ। भेलाले नेकपाभित्रको फुटको अबस्थामा पार्टीका आम नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरुलाई कुनै अलमलमा नपरि नेपालको स्थायी शान्ति, समृद्धि र बिकासको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपामा गोलबन्द भई अघि बढ्न पनि आव्हान गरेको छ।
बेलायतमा अर्चुअल भेलाको आयोजना गरेपनि नेकपा ओली समुह र प्रचण्ड-नेपाल समुह औपचारिक रुपमा बिभाजित भएको छैन । दुवैले दलले एकअर्कालाई कारबाही गर्ने र हटाउने पनि गरेका छैनन् । निर्वाचन आयोगमा दुवै दलले आफु आधिकारिक पार्टी रहेको दावी गरेपछि आयोगले आधिकारिकताका लागि छानविन गरिरहेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश