लण्डन । फ्रान्सले कोरोनाभाइरस विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर योगदान दिएको भन्दै सयौं आप्रवासीहरुलाई नागरिकता दिएको छ ।
बीबीसीका अनुसार आप्रवासीहरुलाई विद्यमान कानुनमा रहेको प्रावधानभन्दा खुकुलो प्रावधान राखेर द्रुत गतिमा फ्रान्सको नागरिकता दिइएको छ । फ्रान्सको गृह मन्त्रालयले यस्ता समूहमा परेका आप्रवासीहरुलाई निम्ता गरी गरी नागरिकता आवेदन गर्न सहयोग गरिरहेको छ ।
सेप्टेम्बरबाट शुरु भएको यस योजनामा हालसम्म करिब ७०० जना अग्रपंक्तिमा रहेर काम गरेका आप्रवासीहरुले फ्रान्सको नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा पुगिसकेका छन् भने २ हजार ८९० जनाले यस योजनाअन्तर्गत फ्रान्सको नागरिकता आवेदन गरेका छन् ।
यसरी नागरिकता पाउनेहरुमा स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, पसलका कर्मचारीहरु लगायत छन् ।
फ्रान्समा कोरोना भाइरसका कारण ६२ हजारको मृत्यु भइसकेको छ भने २५ लाख बढी संक्रमित भएका छन् ।
फ्रान्सका कनिष्ठ गृह मन्त्री मर्लिन सियापाले स्वास्थ्य कार्यकर्ताहरु, सरसफाइ कर्मचारीहरु, बालबालिकालाई हेरचाह गर्नेहरु, पसलमा काम गर्नेहरुले देशका लागि प्रतिवद्धता प्रमाणित गरेकाले अब देशले उनीहरुलाई केही गर्ने बेला आएको बताइन् ।
फ्रान्सको नागरिकता आवेदन गर्नलाई कम्तीमा पाँच वर्ष फ्रान्समा बसेको, पर्याप्त आम्दानी भएको र फ्रान्सेली समाजमा अन्तरघुलन भएको हुनु पर्नेमा आप्रवासीहरुको कोरोना संकटका बेलाको महत्वपूर्ण सेवाका कारण दुई वर्ष फ्रान्समा बसेको भए नागरिकताका लागि आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश