लन्डन । बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ ।
बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर–सीमा यात्रा खुकुलो बनाउन लागिएको हो ।
बेलायतमा कोभिड–१९ को नयाँ स्वरुपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिसँगै अधिकाँश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए ।
मङ्गलबार डोभरमा सयौं मालबाहक ट्रकहरुको ताँती देखिएको थियो । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ ।
बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मङ्गलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गर्नु भएको थियो । सहमति अनुसार अति जरुरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड–१९ को परीक्षणमा नेगेटिभ हुनुपर्ने छ ।
तर, उहाँले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गर्नु भएको छ ।
फ्रान्सेली यातायात मन्त्री जाँ–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुङ्गा र युरोस्टार रेल बुधबार बिहानदेखि शुरु हुने जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश