लण्डन । बेलायतबाट फ्रान्स छिर्न आइतबारदेखि रोकिएमा सो खुलाउन फ्रान्स सहमत भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापका अनुसार कोभिड-१९ को टेष्ट नेगेटिभ भएकाहरुलाई मङ्गलबार राति १२ बजेदेखि फ्रान्स जान दिइने भएको हो ।
फ्रान्सले तीन दिनसम्मको टेष्ट रिजल्टलाई मान्यता दिने भएको छ । आजै मध्यरातबाट रेल, हवाइजहाज र जल यातायातबाट फ्रान्स जान पाइने भएको छ । तर डोभर च्यानलमा रोकिएका मालबाहक साधनहरु भने सम्भवत भोलिदेखि फ्रान्स जान पाउने छन् । यसबारेमा फ्रान्सका प्रधानमन्त्रीले केही समयमै जानकारी दिने बताइएको छ ।
अहिले बेलायतले ती सवारीसाधनका चालकहरुको कोभिड टेष्ट गराउन सैनिक परिचालन गर्न खोजिरहेको बताइएको छ ।
आइतबार रातिदेखि फ्रान्सले बेलायतबाट हुने यात्रामा रोक लगाएपछि अहिले डोभर च्यानल नजिकै करिब ३ हजारको संख्यामा मालबाहक सवारीसाधनहरु थुप्रिएको केन्ट काउन्टीले जनाएको छ । मन्त्री सापले सो क्षेत्रमा नजान मालबाहक सवारीचालकहरुलाई अनुरोध गरेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश