काठमाडौं। एकपछि अर्को गर्दै बारामा बालिकाहरु बलात्कृत हुन थालेपछि बेटी बचाउ अभियान शुरु भएको छ। बाराका स्थानीय वासिन्दा स्थानीय सुरक्षा व्यवस्थामा कडाइ गर्न माग राख्दै मंगलबार सदरमुकाममा प्रदर्शनमा उत्रिएका छन् ।
१६ दिनअघि बलात्कारमा परेकी ६ वर्षीया बालिकाको उपचार क्रममै निधन भएपछि उनीहरूले मंगलबार शव बोकेर कलैयामा प्रदर्शन गरे । स्थानीयको रयालीले दोषीलाई कारबाहीसहित बलात्कारका घटना रोक्न माग गर्दै कलैया नगर परिक्रमा गरेको थियो । उनीहरूले मंगलबार दिउँ
सो जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरे । रयालीमा बालिकाका बाबुआमा, हजुरआमा र भाइबहिनी पनि सहभागी थिए ।
बलात्कारपछि अचेत अवस्थामा फेला परेकी बालिकाको आइतबार काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो। फागुन ८ गते साँझ बेपत्ता बालिका भोलिपल्ट कलैया नगरपालिकाकै एक विद्यालयपछाडि अचेत अवस्थामा भेटिएकी थिइन्।
वर्षदिनभित्रै बालिकामाथि बलात्कारको चौथो घटना बाहिर आएपछि स्थानीयले ‘बेटी बचाऊ संघर्ष समिति’ बनाएर धर्ना तथा प्रदर्शन गर्दै आएका छन्।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह