काठमाडौ।राष्ट्रपति रामवरण यादवको आग्रहमा एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले सहमतिनिम्ति प्रयास गर्ने भन्दै दोस्रो चरणको आन्दोलन घोषणा स्थगित गरेको छ। राष्ट्रपति रामवरण यादवको आग्रह र प्रधानमन्त्री सुशील कोइरालाको सोमबारको विज्ञप्तिलाई आधार मानेर ३० दलीय मोर्चाको मंगलबार बैठकले आन्दोलन घोषणा स्थगित गरेको हो ।
मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चूडामणि खड्काका अनुसार मोर्चाको बैठकअघि राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको थियो ।
‘राष्ट्रपतिज्यूले टेलिफोनमा आन्दोलनरत दलको सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको भन्दै तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्न आग्रह गर्नुभएको थियो,’ खड्काले भने । उनका अनुसार फोन संवादमा राष्ट्रपति यादवले आन्दोलनले कसैको पनि हित नगर्ने भन्दै सचेत गराएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालालाई उद्धृत गर्दै उनका प्रेस संयोजक प्रकाश अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा वार्ताकै माध्यमबाट सहमति गरेर संविधान जारी गर्न सकिन्छ भन्ने विषयमा भरोसा रहेको उल्लेख थियो । विज्ञप्तिमा सहमतिको वातारण बन्दै गएको जनाउँदै त्यसलाई निष्कर्षमा पु¥याउन आह्वान गरिएको थियो ।
संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु भएपछि आन्दोलन घोषणा गरेको मोर्चाको पहिलो चरणको प्रचारात्मक आन्दोलन फागुन १६ गते सम्पन्न भएको छ ।
मोर्चाको बैठकअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग गच्छदारले सहमतिका लागि प्रधानमन्त्री कोइरालाले सुरु गरेका प्रयास सफल हुने विश्वास व्यक्त गरेका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा