लण्डन । आसफोर्ड क्षेत्रका घरबारविहीनहरुलाई चाडवाडको बेला भाेकाे रहनु नपराेस् भन्ने उद्देश्यले आसफोर्डस्थित सगरमाथा गाेरखा नेपाली समाजले स्थानिय फुड बैँकलाई सहयोग गरेको छ ।
समाजका तर्फबाट संकलित १ हजार ३९७ पाउण्ड ६२ पेन्स आज समाजका अध्यक्ष चक्रबहादुर राईले फ्यामिली फुड बैँक आसफोर्डका म्यानेजर टोनी बर्नार्डलाई हस्तान्तरण गरेका छन् ।
समाजले हरेक वर्षको डिसेम्बर महिनामा नेपाली पसलहरुमा बसेर खाना संकलन गरेर फुड बैँकलाई दिने गरेकाे थियो तर यस वर्ष कोभिड-१९ को महामारीका कारण त्यसरी खाद्यवस्तु संकलन गर्न नसक्ने अवस्था आएपछि समाजले आफ्ना सदस्यहरुबाट नगद नै सहयाेग उठाइ फुड बैँकलाई सहयोग गरेको हो ।
समाजका अध्यक्ष राईले ‘यस क्षेत्रका गरिब तथा घरबारविहीनहरु जसले सडकमा मागेर जीविकोपार्जन गरिरहेका छन् उनीहरुलाई क्रिसमसजस्तो ठूलो चाडमा एकछाक भए पनि खाना दिन सकियोस् भनेर सहयोग गरिएको’ बताए ।
उनले फुड बैँकलाई सहयोग अभियानमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
यसवर्ष सो अभियानलाई स्थानिय किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले ३८६ पाउण्ड ६ पेन्स सहयोग गरेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]