लण्डन । मास्टरसेफ प्रोफेसनल्सको उत्कृष्ट तीनमा पर्न सफल सन्तोष साहले मास्टरसेफको मन्चमार्फत नेपाली खाना पस्कने अवसर पाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
विहीबार बेलुका आलेक्स वेवलाई यस वर्षको विजेता घोषणा गरिएपछि मिडियाहरुलाई साहको तर्फबाट पठाइएको इमेलमा उनले भनेका छन्, ”जतिबेला मैले मास्टरसेफमा छनौट भएँ भन्ने जानकारी पाएँ त्यतिबेलादेखि नै संसारलाई नेपाली खाना कति स्वादिलो र जीवन्त छ भन्ने देखाउनु थियाे । ”
”नेपाल सँस्कृतिले भरिपूर्ण सुन्दर देश हाे र नेपाली खाना कति अद्वितीय छ भनेर देखाउन पाउँदा मलाई खुशी लागेको छ” उनले भनेका छन् ।
भारतीय खाना विगत २० वर्षदेखि पकाइरहेकाले फाइनलमा त्यही पस्किने हो कि भनेर आफूलाई लागे पनि त्यसो गर्दा ‘म काे हुँ र म कुन दिशातर्फ जान चाहन्छु’ भन्ने सत्य प्रकट नहुने भएकाले फाइनलमा पनि नेपाली खाना नै पस्केको उनले प्रष्ट्याएका छन् । ”मैले मेरो हृदयलाई सुनेँ र आफूलाई मन पर्ने खाना पस्केँ” उनले भनेका छन् ।
प्रतियोगिताका अवधिभर आफू हुर्कँदा खाएका मौलिक नेपाली परिकारहरुलाई प्रस्तुत गर्न पाउँदा आनन्द लागेको उनले बताएका छन् । आफ्नो खानालाई मास्टरसेफका निर्णायकहरुले मन पराउँदा खुशी लागेको उनको भनाइ छ । उनले भने, ”फाइनल तीनसम्म पुग्न पाउनु सपना साकार हुनु जस्तै थियो र ‘म मास्टरसेफको फाइनलिष्ट हुँ’ भन्न पाउँदा जत्तिको सम्मान केही लाग्दैन ।”
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश