नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रिय व्यक्तिहरुको बुधबार बसेको भेलाले गङ्गाराम कँडेलको अध्यक्षतामा नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना गरेको छ ।
समाजका तीन उपाध्यक्षमा पुनम सुवेदी, डोलिन्द्रप्रसाद शर्मा र प्रा डा लक्ष्मणप्रसाद गौतम तथा महासचिवमा श्री सुमन घिमिरे रहेका छन । समाजका सचिवद्वयमा मुकुन्द भुसाल (सङ्गठन तथा सञ्चार) र इन्दिरा पनेरु (जनसम्पर्क तथा संस्कृति) एवं कोषाध्यक्षमा विष्णु दवाडी रहेका छन ।
समाजका कार्यकारी सदस्यहरुमा शान्तबहादुर मल्ल, विमल भौकाजी, हरि गौतम, बद्री ढकाल, कृष्ण भट्टराई, हरिकुमार थापा, लव सुवेदी, पार्वती क्षेत्री, कुमार दाहाल, भरत भारद्वाज, कमल सुवेदी, शिखरकुमार श्रेष्ठ र भोजेन्द्र केसी रहनुभएको छ । समाजको संरक्षकमा आयरल्याण्डका लागि नेपाली राजदूत र सल्लाहकारद्वयमा नेपालका लागि आयरल्याण्डका अवैतनिक वाणिज्यदूत मनोजबहादुर श्रेष्ठ तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य छन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश