
लण्डन । बेलायत बसोबास गर्ने सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स्’ प्रतियोगिताको शीर्ष ३ मा उक्लिएका छन ।
‘बीबीसी वान’ मा प्रशारित फाइनल राउण्डको दोस्रो चरणमा भाद्गाउँले टोपी लगाएर गएका उनि प्रतियोगितामा अघि बढ्दै टप ३ मा उक्लिएका हुन् ।
बुधबार साँझको एपिसोडबाट एक जना बाहिरेका छन् । बाँकी तीन जना फाइनल राउण्डमा पुगेका छन् ।
उनले टप ३ मा पुग्न बासी भात शैलीमा भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डडेन पुरी, गंगटाको करी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए । सेफ शाहले फाइनल एपिसोडको लागि पनि नेपाली खानाका परिकारको तयारी गरिरहेको बताए ।
सन्तोषले प्रतिस्पर्धामा जित हार भन्दा नि खानालाई संसारभर चिनाउने काममा आफु लागेको जनाए । मैले केही नेपाली खाना चिनाउन सफल भए त्यसैले नेपालीको जित भैसक्यो जस्तो लाग्छ तर बाँकी फाइनलमा टाइटल जित्ने प्रयास गर्दैछु ‘, शाहले भने ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर