लण्डन । कोरोना भाइरसका विरुद्ध विकसित खोप लगाउने पहिलो मुलुक बेलायतमा हालसम्ममा करिब १ लाख ३८ हजारले खोप लगाइएसकेको पाइएको छ ।
बेलायत सरकारका खोप मन्त्री नदिम जहावीले बुधबार साे जानकारी दिएका हुन् ।
उनले बुधबार एक ट्वीट गर्दै एक सातामा १ लाख ३७ हजार ८९७ जनामा फाइजर तथा बायोएनटेकद्वारा विकसित कोभिड-१९ विरुद्धको खोप दिइएको बताएका छन् ।
बेलायतले अघिल्लो मंगलबारदेखि खोप लगाउन शुरु गरेको थियो ।
उनका अनुसार हालसम्ममा इङल्याण्डमा १ लाख ८ हजार जनामा, वेल्समा ७ हजार ८९७ जनामा, स्कटल्याण्डमा १८ हजार जनामा र नर्देन आयरल्याण्डमा ४ हजार जनामा खोप दिइएको छ ।
उनले सो तथ्यांक अन्तरिम मात्र भएको बताएका छन् । धेरैवटा केयर संजालमा खोप बाँडिएकाले यो संख्या बढी हुनसक्ने पनि उनले ओैंल्याएका छन् ।
खोपका बारेमा पारदर्शिता अपरिहार्य हुने भन्दै उनले आगामी सातादेखि खोपका बारेमा नियमित जानकारी दिने पनि बताएका छन् ।
बेलायत सरकारको एक साताको तथ्यांक हेर्दा दिनमा सरदर साढे १९ हजारले खोप पाएको देखिन्छ । यो सुस्त भएको र पूरा जनसंख्यालाई यदि दरमा खोप दिने हो भने वर्षौै लाग्ने भन्दै सामाजिक सन्जालमा आलोचना पनि गरिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश