लण्डन । बीबीसीद्वारा प्रसारण भइरहेको मास्टरसेफ प्रोफेसनल्स २०२० को फाइनलमा पुगेका नेपाली सेफ सन्तोष साहले फाइनलमा नेपाली टोपी लगाउन पाउने भएका छन् ।
प्रतियोगिताभर नेपाली खाना पस्कँदै आएका उनले बुधबार बिहान ट्वीट गर्दै बीबीसीले फाइनलमा नेपाली टोपी लगाउन अनुमति दिएको जानकारी दिएका छन् ।
उनले मास्टरसेफजस्तो प्रतिष्ठित शोको फाइनलमा नेपाली टोपी पहिरिएर भाग लिन पाउनुलाई आफ्ना ‘सपना साकार’ भएको प्रतिक्रिया दिएका छन् ।
सिराहाको कर्जन्हामा जन्मिएका साह १५ वर्षको उमेरमा रोगजारीको खोजीमा भारतको गुजरात पुगेका थिए । त्यहाँ उनले रेस्टुरेन्टको सामान्य कामदारबाट सेफसम्म बन्ने मौका पाए । २० वर्षदेखि उनी भारतीय खाना बनाउँदै आएका छन् ।
सन् २०१० मा बेलायत आएका उनले बेलायतमा यसअघि भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय प्रतियोगिताहरुमा भारतीय खाना बनाउँदै भाग लिइसकेका छन् । तर नेपाली खाना बनाउने सोच भने दुईवर्ष अघिदेखि मात्र आएको उनको भनाइ छ । उनले नेपाली खानाको प्रबर्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउँदै आएका छन् ।
मास्टरसेफको फाइनल मंगलबारबाट शुरु भइसकेको छ भने विजेता भने बिहीबार घोषणा हुनेछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश