लन्डन — बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।
शनिबार जूम मार्फत सम्पन्न साधारणसभाको अध्यक्षता समाजका तत्कालिन अध्यक्ष उदय गुरुङले गर्नु भएको थियो । कार्यक्रमको शुरुमा तत्कालिन महासचिव भोला पनेरुले समाजमा यो बर्ष भएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । त्यसपछि समाजका तत्कालिन कोषाध्यक्ष नवीन गुरुङले समाजको आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अर्को चरणमा आमा समूहकी उपाध्यक्ष श्रीमती दिलमाया गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभाले अब देखि समाजको कार्य समितिमा दुई उपाध्यक्ष हुने निर्णय गरेको छ जसमा साधारणसभाद्वारा निर्वाचित उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष तथा आमा समूहको अध्यक्ष स्वत: समाजको उपाध्यक्ष हुनुहुनेछ ।
समाजका तत्कालीन अध्यक्ष उदय गुरुङ्ले आफ्नो कार्यकालमा सहयोग पुर्याउने समाज र तत्कालिन कार्यसमितिका सम्पूर्ण महानुभावहरुलाइ धन्यवाद दिनु भयो ।
निर्वाचन समितीको तर्फ़बाट सुरेश गौतमले नयाँ कार्यसमितिको मुख्य पदमा निर्वाचित हुने पदाधिकारीहरुको नाम सुनाउनुका साथै बाँकी पदहरुमा पदपूर्ति गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनु भयो।
साधारणसभामा बोल्दै समाजका पूर्व अध्यक्ष तथा बरो अफ बार्नेटका डेपुटी मेयर लक्ष गुरुङले कोभिड – १९ को समयमा आफ्ना सदस्यहरुलाई औषधि लगायतका अत्यावश्यक सामग्री घर घरमै पुराइ दिन तथा स्थानीय पार्कमा सरसफाइ लगायतका कार्यक्रम सम्पन्न गरेकोमा समाजको प्रशंसा गर्नु भयो। उहाँले आगामी दिनमा पनि एकजुट भएर एक आपसमा सहयोग गर्न आग्रह गर्नु भयो।
साधारणसभाले आगामी ३ वर्षका लागि बिष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोला पनेरु, उपाध्यक्षमा मंजु गुरुङ, महासचिव दिलमाया गुरुङ, कोषाध्यक्ष नवराज गुरुङ, सांस्कृतिक सचिव उमेश खड्का तथा खेलकुद सचिवमा दल गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ।
साधारणसभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष बिष्णु गुरुङले निवर्तमान कार्य समिति, निर्वाचन समिति लगायत समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनु भयो। आगामी दिनमा हामीलाई पनि मदत गर्नु होला,” उहाँले भन्नु भयो।
सन् २००४ मा स्थापित समाजले स्थापना कालदेखि नै विभिन्न सामाजिक कामहरु गर्दै आएको छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश