ब्रसेल्स । युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् ।
ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई सुनिश्चित गराउनुपर्ने बताइरहँदा अझै पनि केही जटिल मानिएका मुद्दालाई समाधान गर्न भने सकेको देखिदैन ।
युरोपेली संघ ईयूकी अध्यक्ष उर्सुला भोन डेर लायन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको’ बताउनुभएको हो ।
यो साता बेलायती प्रधानमन्त्री ब्रसेल्स पुगी ईयू नेतृत्वसँग समस्यालाई समाधान गर्न पहल गर्नुभएको छ । दुवै जनाबीच ‘सुल्झिन बाँकी केही मुद्दा’ मा पनि कुराकानी भएको छ ।
ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताउनुभए पनि प्रधानमन्त्री जोनसन र लायनबीच भएको सम्वादपछि वार्तालाई निरन्तरता दिने सहमति बनेको हो ।
आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आउनुभएको छ । लायनले शनिवार जोनसनसँगको कुराकानी ‘रचनात्मक र उपयोगी’ भएको बताउनुभएको थियो ।
दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै वार्तामा सहभागी आफ्ना प्रतिनिधिलाई ‘अन्तिमसम्म प्रयास जारी राख्ने’ भनेपछि ढिलै भए पनि सहमतिमा पुग्न सकिने आशा अझै नटरेको देखिएको छ ।
बेलायत र र ईयूबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको र सङ्क्रमणकालीन समय यही डिसेम्बरको अन्त्यमा सकिनेछ ।
३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ ।
यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे बेलायतसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो ।
ती योजनाहरूमा संयुक्त अधिराज्य र ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर