लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको छ ।
यसैहप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उहाँले उक्त धारणा राख्नुभएको हो ।
ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमण गर्दैहुनुहुन्छ ।
“हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नु पर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ ।” प्रधानमन्त्रीले स्काई न्यूजसँगको कुराकानीमा भन्नुभयो ।
उहाँले थप्नुभयो, “सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता ‘निकै कठिन’ छ ।”
जोनसनले भन्नुभयो, “हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन हुन इच्छुक छ ।”
उहाँले भन्नुभयो, “त्यहाँ त्यहाँ सीमाहरू छन् जसबाट कुनै पनि समझदार, स्वतन्त्र सरकार वा देश बाहिर जानसक्दैन । सबैलेले यसलाई बुझ्नुपर्यो ।”
प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन सम्वाद गर्नुभएको थियो ।
यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताउनुभएको छ ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर