लण्डन । बेलायती महारानीबाट सम्मान पाउनुलाई प्रतिष्ठाको उच्च कोटीमा राखिने गरिन्छ तर विगत केही वर्षयता त्यस्तो सम्मान अस्वीकार गर्नेहरुको संख्या बढिरहेको पाइएको छ ।
बेलायतको ‘द गार्जियन’ पत्रिकाले सूचनाको हकको प्रयोग गरी प्राप्त गरेको तथ्यांकलाई विश्लेषण गर्दा यस्तो क्रम देखिएको हो ।
सन् २०११ यता ४४३ जनाले महारानीबाट प्राप्त सम्मान थाप्न इन्कार गरेका छन् ।
यस वर्षमात्र ६८ जनाले यस्तो सम्मान इन्कार गरेका थिए । गत वर्ष पनि ५० जनाले सम्मान अस्वीकार गरेका थिए । तर यस्तो सम्मानको घोषणा गर्नु अघि नै सम्बन्धित व्यक्तिलाई सम्मान स्वीकार गर्ने/ नगर्ने सोधिने भएकाले त्यतिबेलै कतिपयले अस्वीकार गर्ने गरेका पनि छन् । तिनीहरुको संख्या तथ्यांकमा समावेश छैन ।
चर्चित फिल्म स्लमडग मिलिनियरका निर्देशक ड्यानी बोयलले पनि यस्तो सम्मान अस्वीकार गरेका थिए । साहित्यकार रोल्ड डाहल, सेफ नाइजेला लासन, फुटबलर होवार्ड गेल, कवि वेन्जामिन जेफानिया, अभियन्ता जीना मार्टिन, वाच डग कार्यक्रमकी प्रस्तोता लिन फल्डस आदिले पनि त्यस्तो सम्मान अस्वीकार गरेका छन् ।
बर्मिङहाम सिटी विश्वविद्यालयका प्रोफेसर केहिन्डे आन्ड्रयू कतिपय अहिले नरहेका साम्राज्यका नाममा सम्मानहरु दिइएका कारण त्यस्तो सम्मान अस्वीकार गरिएको हुनसक्ने बताउँछन् । पूर्व सांसद नोर्मान बेकर राजनीतिक पार्टीका नेताहरुले दुरुपयोग गरेकाले त्यस्ता सम्मानको महत्व घट्दै गएको बताउँछन् ।
कतिपयले सम्मानको छनौट विधि पारदर्शी नभएको र चन्दादाताले त्यस्तो सम्मान किन्ने गरेको आरोप लगाउने गर्दछन् ।
बेलायतमा बिगत ७०० वर्षदेखि महारानीबाट सम्मान दिइँदै आएको छ ।
| Year | Total honours offers | Honours received | Honours offers rejected | % rejected |
|---|---|---|---|---|
| 2020 | 2,504 | 2,436 | 68 | 2.715654952 |
| 2019 | 2,321 | 2,271 | 50 | 2.15424386 |
| 2018 | 2,282 | 2,231 | 51 | 2.234881683 |
| 2017 | 2,414 | 2,360 | 54 | 2.236951118 |
| 2016 | 2,379 | 2,345 | 34 | 1.429171921 |
| 2015 | 2,370 | 2,327 | 43 | 1.814345992 |
| 2014 | 2,387 | 2,344 | 43 | 1.801424382 |
| 2013 | 2,448 | 2,403 | 45 | 1.838235294 |
| 2012 | 2,215 | 2,185 | 30 | 1.354401806 |
| 2011 | 1,987 | 1,962 | 25 | 1.258178158 |
| 2010 | 2,000 | 1,954 | 46 | 2.3 |
Source: The Guardian
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश