काठमाडौं। बारा सदरमुकाम कलैयामा १७ दिनअघि बलात्कृत ६ वर्षे बालिकाको आइतबार साँझ मृत्यु भएको छ। बालिका १४ दिनदेखि कान्तिबाल अस्पतालको पिआइसियु उपचाररत थिइन्। अस्पतालका निर्देशक डा. चन्देश्वर महासेठले अस्पताल आएदेखि नै कोमामा रहेकी ती बालिकाको भेन्टिलेटरमै आइतबार मुटु र फोक्सोले काम गर्न छाडेको बताए । ‘मृत्युको पछिल्लो कारण कार्डियाक पल्मोनरी एरेस्ट हो,’ उनले भने, ‘अरू विस्तृत कारण पोस्टमार्टमपछि खुल्छ ।’
प्रहरी सोमबार त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम हुने जानकारी दिए । बालिकाको अन्तिम संस्कार कलैयामै गरिने आफन्तले जनाएका छन् ।
फागुन ८ गते शुक्रबार साँझ बेपत्ता भएकी बालिका ९ गते शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् । आइतबार हेलिकप्टरबाट राजधानीको कान्तिबाल अस्पतालमा ल्याएर उपचार गरिए पनि सुधार हुन सकेको थिएन । डा. महासेठका अनुसार काठमाडौं ल्याइपुरयाउँदा नै बालिका कोमामा गइसकेकी थिइन् ।
अस्पताल ल्याएको छैटौं दिन नै चिकित्सकहरूले बालिकालाई भेन्टिलेटरबाट निकालेर सिपिआर गर्न सहमति मागेका थिए। तर, परिवारले भेन्टिलेटरमा शरीर चलिरहुन्जेल उपचार जारी राख्ने चाहना राखेको थियो।
वीरगन्जदेखि नै भेन्टिलेटरमा राखेरै काठमाडौं ल्याइएकी बालिकालाई मस्तिष्कको संकेत बाँकी नरहे पनि चिकित्सकहरूले सम्पूर्ण अंगहरूको रेस्पोन्स बढाउन सम्भव हुनेसम्मका सबै विकल्प प्रयोग गरेको जनाएका थिए ।
बारा प्रहरीले बालिकामाथि बलात्कार तथा हत्या प्रयास आरोपमा २८ वर्षे कह्नैया गुप्तालाई पक्राउ गरिसकेको छ। उनलाई फागुन ११ गते बिहान साढे १० बजे कलैया नगरपालिका–४ स्थित घरबाटै नियन्त्रणमा लिइएको थियो। गुप्ताले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षा माग गर्दै स्थानीय महिला आन्दोलित भएका थिए। उनीहरूले यसबीचमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिनुका साथै सदरमुकाम कलैया र राजधानीमा समेत र्याली निकालेका थिए। कलैयामा मात्रै एक वर्षमा बालिका बलात्कार भएको यो पांचौं घटना हो।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान