लण्डन । कोरोना भाइरसविरुद्धको खोप अर्डर गर्ने विकाशोन्मुख मुलुकहरुमा नेपाल अग्रपंक्तिमा रहेको एक तथ्यांकले देखाएको छ ।
विश्व बैँकका अनुसार नेपाल क्यानाडा, अष्ट्रेलिया, बेलायत, अमेरिका, युरोपियन युनियन र जापानपछि कोरोना भाइरसविरुद्ध धेरै खोप अर्डर गर्ने मुलुकको सूचीमा रहेको छ। नेपालले प्रति नागरिक १.७५ डोज खोप अर्डर गरेको छ ।
विकसित देशहरुले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षण पूरा हुन नपाउँदै ती खोपहरुको महत्वपूर्ण हिस्सा अर्डर गरिसकेका छन् । क्यानाडाले हरेक नागरिकका लागि १० डोज अर्डर गरेको छ भने अष्ट्रेलियाले प्रति नागरिक पाँच डोजभन्दा बढी अर्डर गरेको छ । बेलायतले पनि प्रति नागरिक पाँच डोजभन्दा बढी अर्डर गरेको छ ।
अमेरिकाले आफ्ना प्रति नागरिक तीन डोज बराबरको खोप अर्डर गरेको छ भने युरोपियन युनियनले युनियनभित्र बसोबास गर्ने जनसंख्यालाई प्रतिव्यक्ति २.७५ डोज खोप अर्डर गरेको छ । जापानले प्रति नागरिक २.२५ डोज खोप अर्डर गरेको छ ।
नेपालपछि भारत, उज्वेकिस्तान, ब्राजिल, ल्याटिन अमेरिका, इन्डोनेसिया, कोष्टारिका, इजिष्ट, मेक्सिको, बंगलादेश लगायत रहेका छन् । भारतले प्रति नागरिक १ डोज बराबरको खोप अर्डर गरेको छ ।
विकसित देशहरुले आफूले अर्डर गरेको खोपबाट नजिकका देशहरुलाई पनि दिने वचन दिएका छन् । अष्ट्रेलियाले किरीबाटी, टुभालु लगायत पाँचवटा मुलुकलाई खोप दिने बताएको छ भने चीनले क्याम्बोडिया, बर्मा, फिलिपिन्सलाई दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
विकाशोन्मुख देशहरुका लागि भने विश्व स्वास्थ्य संगठनले कोभ्याक्स एक समूह बनाइ ५० करोड डोज खोप अर्डर गरेको छ । सो डोज सो समूहभित्र रहेका सबै मुलुकलाई बराबर उपलब्ध गराउने संगठनले बताएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ