लण्डन । बीबीसी विश्वसेवाले विश्वभरका प्रेरणाका स्रोत मानिने एक सय महिलाहरु मध्येमा एक जना नेपाली युवती छानिएकी छिन । बेवारिसे अवस्था रहेका लासहरुलाई व्यवस्थापन गर्ने संस्थामा आवद्ध १८ वर्षीया सपना रोक्का मगरलाई बीबीसी विश्वसेवाले प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमासोमबार छानेको हो ।
१२ महिना र कोरोना महामारीको अवधिमा पनि सकृय रहेका मध्ये बीबीसीको ‘बीबीसी १०० वमेन २०२०’ मा परेका एक सय महिलामा फिडल्याण्डको महिला प्रधानमन्त्री सन्ना मरिनदेखि अक्सफोर्ड युनिभरसिटीका कोरोना भाइरसलाई नेतृत्व गर्नेमध्ये एक साराह गिल्बर्ट हुँदै नेपाली चेली सपनासम्म परेकी हुन ।
बीबीसीले चार विधामा ती एक सय महिलाहरु छानेको हो । जसमा ज्ञान, नेतृत्व, सिर्जनशीलता र पहिचान छन । बीबीसीका अनुसार शव (दाह संस्कार) व्यवस्थानको प्राविधिक रुपमा कार्यरत मगरले तीन महिनासम्म घरवार विहीन भएपछि वेवारिसे बनेको मानिसहरुको लास जलाउने गरेकी छिन ।
शव दाह संस्कार अघि अस्पताल लगेर पोस्ट मार्टम गर्ने र पैतिस दिनसम्म कोही दावी गर्न नआए दागबत्ति दिने काम उनी र सम्बद्ध संस्थाले गर्दै आएको छ । ‘यो काम समाजसेवी हुनका लागि मात्र नभै आत्मासन्तुष्टीका लागि गरेको हु’, उनले बीबीसीलाई भनेकी छिन, ‘मानिस वेवारिसे भए पनि दाह सस्कार हुनु पर्छ । जसले मृत्यवरण गर्ने मानिसको आत्माले शान्ति पाउँछ ।’
वेवारिसे लासलाई दागवत्ति दिने कार्य नेपाली संस्कार विपरित भएपनि वावा बिनयजंग बस्नेतबाट यो काम सुरु गरेको उनले बताइन । स्थायी घर म्याग्दी भएकी मगर तीन बर्षदेखि वेवारिसे लाख व्यवस्थापन गर्न एक बर्षअघि देखि सकृय रुपमा ‘फ्रन्टलाइन’मा छिन ।
भिडियो सौजन्य : ओएस नेपाल
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी