लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट डा. गुरुङ बेलायती सेनामा संभवत पहिलो नेपाली क्याप्टेन बन्न सफल भएकी छिन् । बेलायतको क्वीन्समेरी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडेमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नयाँ उच्च पदमा पुग्न सफल भएकी छन ।
गोर्खा सैनिकका लागि ठूलो तालिम केन्द्र मानिएको स्याण्डहर्स्ट उनलाई २१ नोभेम्बर शनिवार उक्त उपाधि प्राप्त भएको हो । अंशुका पिता अमर गुरुङ पनि व्रिटिश आर्मी नै हुन् ।
आफ्नो बुवाले गरेको मिहेनत र श्रमबाट आफु पनि आर्मी क्षेत्रमै लाग्न प्रेरणा मिलेको अंशुले बताइन् । “म सानैदेखि वावाको पेशा देखेर नै प्रेरित थिएँ, र उहाँकै प्रेरणाले यहाँसम्म आइपुगियो, अझ क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस भएकोे छ।” उनले भनिन् ।
दन्तसम्बन्धी चिकित्सक समेत रहेकी गुरुङले रचेको नयाँ इतिहासले वेलायतस्थित नेपालीहरुले आफुहरुको शिर उँचो भएको बताएका छन् । भुम्दिकोट समाज यूकेले एक विज्ञप्ती जारी गर्दै उनको सफलताप्रति बधाई ज्ञापन गरेको छ ।
उनका पिता गुरुङ भुम्दिकोट समाज यूकेका सदस्य तथा आमा सुकु गुरुङ आमा समुहको अध्यक्ष हुन् । संस्थाका दुई जिम्मेवार व्यक्तिहरुको छोरीले यस प्रकारको उत्कृष्टता पाएको कुरा शेयर गर्न पाउँदा आफुहरु पनि हर्षित भएको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बताए । बेलायत र नेपालवीच २ सय बर्ष देखि लामो सम्बन्ध रहेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम