लण्डन । हङकङको आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ ।
१८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा शुक्रबार निधन भएको हो ।
उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् ।
गत आइतबार याउमातेउ स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा पुगेका उनी अचानक फैलिएको आगालागीमा परी गम्भीर घाइते भएकी थिइन् ।
घटनामा हालसम्म कँडेल परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । उनको ठूलोबा युवराज (राज) कँडेल, ठूलो बाकी छोरी कीर्तिका र फूपाजु रामबाबु नेपाल र फूपूका छोरा रायन नेपालको यसअघि नै निधन भइसकेको छ ।
सुरेखाको निधनसँगै सो घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
आगलागीमा परी घाइते उनका बुबा कृष्णबहादुर आमा देविका र भाइको अस्पतालमा उपचार भइरहेको छ । साथै घटनामा घाइते अन्य नौ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।
सो आगलागीपछि हङकङमा आगलागीबाट कसरी सुरक्षित रहने भन्ने बारेमा सरकारी तवरबाट चासो र चिन्ता व्यक्त हुन थालेको छ । पुराना संरचनाहरुमा कसरी आगलागीबाट बच्ने उपायहरु अपनाउने भन्ने बारेमा सरकारले अनुगमन गर्ने तयारी गरेको छ ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर