काठमाडौं। दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आइतबार बिहान ६ बजेसम्ममा ३० अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् ।
।
विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।
सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिए ।
“कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाँच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ”– उनले भने । इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिँदै झन्डै पाँच हजार यात्रीको आगमन र प्रस्थान भएको उनले बताए ।
गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ साढे ७ बजेदेखि सञ्चालन भएको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते