काठमाडौं। दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आइतबार बिहान ६ बजेसम्ममा ३० अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् ।
।
विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।
सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिए ।
“कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाँच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ”– उनले भने । इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिँदै झन्डै पाँच हजार यात्रीको आगमन र प्रस्थान भएको उनले बताए ।
गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ साढे ७ बजेदेखि सञ्चालन भएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम