काठमाडौं । बेलायतमा बस्दै आएकी खोटाङ, सुङ्देलकी कवि तथा गीतकार निर्मला राई ‘परिवेश’ले पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा ल्याएकी छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रष्तिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे ।
एल्बम विमोचनपछि मन्तव्यका क्रममा प्रमुख अतिथि रसिकले निर्मला राई ‘परिवेश’का गीतहरू कवितात्मक र श्रवणीय रहेको बताए । एल्बममाथि गीतकार डा. कृष्णहरि बराल तथा संगीतकार बुलु मुकारुङले पनि समीक्षात्मक टिप्पणी गरेका थिए ।
यसअघि ‘रोशनी’ एल्बम र ‘परिवेशका पाइलाहरू’ गीतसंग्रह प्रकाशित गरिसकेकी परिवेशको ‘रोनासा’भित्र सातवटा गीत समाविष्ट छन् । जसमध्ये तीनवटा गीतमा बनेको म्युजिक भिडियो समेत कार्यक्रममा देखाइयो । एल्बममा ‘मैले आफैलाई’, ‘धेरै जन्म’, ‘तिम्रो निर्दोष मनले’, ‘मुटुको त के कुरा’, ‘प्रयणपे्रमी’ र ‘शिरमा सगरमाथा’ बोलका गीत छन् ।
एल्बममा राजेशपायल राई, ताराप्रकाश लिम्बू, आनी छोइङ डोल्मा, रजिना रिमाल, सुमन सरगम, प्रविशा अधिकारीको स्वर सजिएको छ भने हरि लम्साल, न्हु बज्राचार्य, ताराप्रकाश लिम्बू, सुरेश अधिकारी र महेश खड्काको सङ्गीत छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित