लण्डन । हङकङको याउमातेइमा जन्मदिन मनाउने क्रममा आइतबार राति सल्केको आगलागीमा परी सात नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार पुरुष र तीन महिला छन् । उनीहरु ९ वर्षदेखि ४० वर्षसम्मका छन् । उनीहरु सबैको सनाखत भइसकेको छैन।
हङकङबाट प्रकाशित नेपालखबर डटकमका अनुसार बाग्लुङका राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा सो आगलागी भएको थियो ।
नेपाली महावाणिज्यदुताबास हङकङका अनुसार घटनामा घाइते १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना घर फर्किसकेका छन्।
बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीलाई उद्धृत गर्दै नेपालखबरले घटनामा पर्नेमा कृष्ण कँडेल, राज कँडेल र उनकी बहिनी पूजा कँडेलको परिवार परेको जनाएको छ । उनका अनुसार कँडेल परिवारका मात्र ११ जना सो घटनामा परेका छन् ।
‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले नेपालखबरसित भनेका छन् ।
हङकङको समय अनुसार आइतबार साँझ ८ बजे आगलागी शुरु भएको थियो । क्यान्टोन रोड र साइगोन रोडको बीचमा अवस्थित घटनास्थल हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य भाग हो।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले घटनाबाट स्तब्ध भएको बताएकी छिन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश