लण्डन । शेर्पा संघ बेलायतको अध्यक्षमा आङदाबा च्याबा शेर्पा निर्वाचित भएका छन् ।
संघका अध्यक्ष साना शेर्पाको कोभिड १९ का कारण निधन भएपछि संघले आइतबार विशेष अधिवेसन गरी सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्चाचित समितिका प्रथम उपाध्यक्षमा ङवाङ योन्तेन ग्याछो लामा शेर्पा, उपाध्यक्ष श्रीमती आङलाक्पा शेर्पा, महासचिवमा रिन्जी शेर्पा लामा, सचिवमा श्रीमती डोल्मा शेर्पा, कोषाध्यक्षमा नुरी शेर्पा र सहकोषाध्यक्ष काजी शेर्पा रेडिङ रहेका छन् । यसैगरी सँस्कृति श्रीमती याङजी शेर्पा, सँस्कृति सहसचिवमा श्रीमती आङदाली शेर्पा, मिडिया सचिवमा मिङमा नुरु शेर्पा रहेका छन् । सदस्यहरुमा सोनाम शेर्पा, नोर्बु शेर्पा, श्रीमती छिरिङ शेर्पा, दाबा छिरिङ शेर्पा, ल्याक्पा शेर्पा रहेका छन् ।
विश्व शेर्पा संघ प्रमुख अतिथि आङदोर्जे लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा र विभिन्न देशका शेर्पा किदुगका अध्यक्षहरु अतिथिका रुपमा रहेका थिए ।
भर्चुअल रुपमा सम्पन्न विशेष अधिवेसन शेर्पा भाषामै सम्पन्न भएको थियो । कार्यक्रममा शेर्पा सँस्कृतिसँग सम्बन्धित नाचगान भर्चुअल रुपमा प्रस्तुत गरिएको थियो । विशेष अधिवेसनमा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशाेधन सर्वसम्मतरुपमा पारित गरिएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि काजी शेर्पा संयोजक, गोम्बा शेर्पा सदस्यसचिव र रिन्जी शेर्पा (आसफोर्ड) सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु