
युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाले कार्यवाहक महासचिवको जिम्मेवारी सचिव द्रोण रिजाललाई दिएको छ । युरोप शाखाका तत्कालिन महासचिव योगेन्द्र मिलन छन्त्याल स्थान्तरण भई प्रस्तावित नेपाल पत्रकार महासंघ पोर्तुगत शाखामा संयोजक भएपछि रिक्त रहेको पद रिजाललाई आइतबारको बैठकले दिएको हो ।
रिजाल प्रेस युनियन युरोपमा समेत आवद्ध छन । नोभेम्बर ८ आइतबार अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको जुम बैठकले नेपाल पत्रकार महासंघ काठमाडांैले युरोप शाखाबाट पोर्तुगत तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याउनु भएको योगदानको पं्रससा गर्दै विदाई गरेको छ ।
बैठकमा कार्यसमितिका २५ जनामध्ये १८ जनाको उपस्थिति थियो । ३ जनाले बैठक निर्णय उपर लिखित सहमति दिएका र ४ जना अनुपस्थित रहेको शाखाले जनाएको छ ।
महासंघ युरोप शाखाको नाम, छाप र लेटरप्याडको अनधिकृत प्रयोग गरि गत शनिवार पत्रकार डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालद्वारा जारी गरिएको विज्ञप्ति कपोकल्पित, झुटो, नक्कली र अवैध रहेको ठहर गर्दै त्यसलाई खारेज गरेको छ ।
त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।
शाखाले कोरोना संक्रमण र समसामयिक विषयमा संचालन गरिरहेको अन्तरक्रिया र शृङ्खलालाई जारी राख्ने निर्णय गरेको छ ।

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित