लण्डन । कोरोना भाइरसको संक्रमण रोक्न सोमबारदेखि इङल्याण्डका माध्यमिक तहका विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।
बेलायत सरकारले बुधबार जारी गरेकाे निर्देशनअनुसार अब कक्षा ७ र सोभन्दा माथिका कक्षाका विद्यार्थी, शिक्षक र कर्मचारीहरुले सामूहिक स्थानहरु, करिडर, कक्षा बाहिर र सामाजिक दुरी कायम गर्न नसकिने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ ।
इङल्याण्डमा लकडाउन विहीबारदेखि नै शुरु भए पनि माध्यमिक कक्षाका विद्यार्थीहरु र शिक्षकहरुलाई मास्क लगाउने नियम लागू गर्न भने सोमबार सम्मको समय दिइएको छ ।
प्राथमिक विद्यालयका विद्यार्थीहरुले भने मास्क लगाउनु पर्ने छैन । यसैगरी विशेष शिक्षा लिइरहेका र अपाङ्ता भएका विद्यार्थीहरुलाई पनि मास्क लगाउनै पर्ने बाध्यता छैन । तर प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीले मास्क लाउने नलगाउने भन्ने निर्णयको अधिकार भने सम्बन्धित विद्यालयलाई नै दिइएको छ ।
स्कटल्याण्डमा यसअघि नै माध्यमिक कक्षाका विद्यार्थी र कर्मचारीहरुले सामूहिक स्थानमा मास्क लगाउनु पर्ने नियम लागू भइसकेको छ ।
यसका साथै विद्यालयका कर्मचारीहरुलाई सामाजिक दुरी कायम हुन नसक्ने स्थानमा अनुहार ढाक्न निर्देशन दिइएको छ भने अभिभावकहरुलाई समेत केटाकेटी छोड्न र लिन आउँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।
गत अगष्टमा बेलायतका प्रधानमन्त्रीले माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा मास्क लगाउन नपर्ने निर्णय लिएका थिए । तर अहिले सरकारले सो निर्णय उल्टाएको छ ।
सामूहिक स्थान, करिडोरहरुबाहेक विद्यालयका अन्य स्थानमा मास्क लगाउनु पर्ने किन नपर्ने भन्ने निर्णय गर्ने अधिकार विद्यालका प्रधानाध्यापकलाई दिइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश