काठमाडौं। टर्किस एयरलायन्स दुर्घटना भएको विमान हटाउन नसक्दा देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानसम्मका लागि बन्द भएको छ। भारतबाट एयरक्राफ्ट रिमुभल किट ल्याएर विमान हटाउने कार्य भएपनि त्यसका लागि थप समय लाग्ने भएकाले स्थानीय सयमअनुसार शनिबार बिहान १० बजेसम्मका लागि विमानस्थलबाट उडान र अवतरण रोकिएको हो। नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै धावनमार्गबाट बिमान हटाउन समय लाग्ने जनाएको छ। यसअघि स्थानीय समयअनुसार साँझ ५ बजेसम्मका लागि सेवा स्थगित गरिएको हो।
बुधबार बिहान टर्किस एयरलायन्सको विमानको अगाडीको चक्का नखुलेपछि क्र्यास ल्यान्डिङ गरिएको थियो। सो विमान धावनमार्ग छाडेर चौरमा पुगेपनि अन्य विमान उडान र अवतरण गराउँदा पखेटाले छुने ठाउँमा भएकाले अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएको हो। बिमानलाई व्लाडरबाट सिधा गरिसकिएको छ । प्राधिकरण, भारतीय र टर्कीका प्राविधिकहरु सो काममा लागेका छन्।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि नेपालबाट बाहिरिने मात्रै नभै नेपाल आउने हजारौ यात्रु विमानस्थलमा अलपत्र छन् । यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा