काठमाडौं। टर्किस एयरलायन्स दुर्घटना भएको विमान हटाउन नसक्दा देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानसम्मका लागि बन्द भएको छ। भारतबाट एयरक्राफ्ट रिमुभल किट ल्याएर विमान हटाउने कार्य भएपनि त्यसका लागि थप समय लाग्ने भएकाले स्थानीय सयमअनुसार शनिबार बिहान १० बजेसम्मका लागि विमानस्थलबाट उडान र अवतरण रोकिएको हो। नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै धावनमार्गबाट बिमान हटाउन समय लाग्ने जनाएको छ। यसअघि स्थानीय समयअनुसार साँझ ५ बजेसम्मका लागि सेवा स्थगित गरिएको हो।
बुधबार बिहान टर्किस एयरलायन्सको विमानको अगाडीको चक्का नखुलेपछि क्र्यास ल्यान्डिङ गरिएको थियो। सो विमान धावनमार्ग छाडेर चौरमा पुगेपनि अन्य विमान उडान र अवतरण गराउँदा पखेटाले छुने ठाउँमा भएकाले अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएको हो। बिमानलाई व्लाडरबाट सिधा गरिसकिएको छ । प्राधिकरण, भारतीय र टर्कीका प्राविधिकहरु सो काममा लागेका छन्।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि नेपालबाट बाहिरिने मात्रै नभै नेपाल आउने हजारौ यात्रु विमानस्थलमा अलपत्र छन् । यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला