काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ । चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ
प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख
यसैबीच, एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान