काठमाडौं। टर्किस एयरलायन्स दुर्घटना भएको विमान हटाउन नसक्दा देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार साँझसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। भारतबाट एयरक्राफ्ट रिमुभल किट ल्याएर विमान हटाउन कार्य भएपनि समयमै नसकिने भएकाले स्थानीय समयअनुसार साँझ ५ बजेसम्मका लागि सेवा स्थगित गरिएको हो। अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको लगातार तेस्रो दिन हो।
यसअघि शुक्रबार बिहान १० बजेसम्मका लागि विमानस्थलबाट उडान र अवतरण स्थगित गरिएको थियो।
बुधबार बिहान टर्किस एयरलायन्सको विमानको अगाडीको चक्का नखुलेपछि क्र्यास ल्यान्डिङ गरिएको थियो। सो विमान धावनमार्ग छाडेर चौरमा पुगेपनि अन्य विमान उडान र अवतरण गराउँदै पखेटाले छुने ठाउँमा भएकाले अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएको हो। दुर्घटनाको कारण नेपालको ५० घण्टादेखि अन्तर्राष्ट्रिय हवाइ सेवा टुटेको छ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि नेपालबाट बाहिरिने मात्रै नभै नेपाल हजारौ यात्रु विमानस्थलमा अलपत्र परेको छ। यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले त्रिभवुन विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते