लण्डन । एकान्तवास (सेल्फ) नबसेकोमा एक विद्यार्थीलाई ६ हजार ६०० पाउण्ड जरिवाना गरिएको छ ।
म्यानचेष्टरबाट जर्सी गएकी २२ वर्षीय क्यारीज आन इंग्रामले आइसोलेसनमा नबसी रेष्टुरेन्टमा खाइरहेको फोटो सामाजिक सन्जाल इन्स्ट्याग्राममा राखेपछि प्रहरीको फन्दामा परेकी हुन् ।
म्यानचेष्टरबाट अक्टोबर १२ मा परिवार भेट्न जर्सी पुगेकी थिइन् । विमानमा उनीसँगै बसेको अर्को यात्रुमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कन्ट्याक्ट ट्रयासिङ गर्ने कर्मचारीले आइसोलेसनमा बस्न भनेका थिए । आठ दिन आइसोलेसनमा बसेपछि उनको कोरोना भाइरसको जाँच गर्नुपर्ने र सो जाँच गरेर नेगेटिभ भएको प्रमाणित नभएसम्म उनी आइसोलेसनमा बस्नपर्ने थियो तर उनी तीन दिनमै साथीको घरमा, किनमेल गर्न गएको पाइएको थियो ।
उनले चारपटक कोरोना भाइरसम्बन्धी नियम उल्लंघन गरेको पाइएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङ टीमले पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको र अन्तिममा उनलाई गिरफ्तार गरिएको थियो ।
अदालतमा उनले आइसोलेसनको नियम पालना नगरेको स्वीकारेकी थिइन् । उनलाई पहिलो पटक नियम उल्लंघन गरेकोमा ६०० पाउण्ड र थप तीन पटक उल्लंघन गरेकोमा ६००० पाउण्ड जरिवाना वा ६ महिना जेलको विकल्प दिइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश