लण्डन । एकान्तवास (सेल्फ) नबसेकोमा एक विद्यार्थीलाई ६ हजार ६०० पाउण्ड जरिवाना गरिएको छ ।
म्यानचेष्टरबाट जर्सी गएकी २२ वर्षीय क्यारीज आन इंग्रामले आइसोलेसनमा नबसी रेष्टुरेन्टमा खाइरहेको फोटो सामाजिक सन्जाल इन्स्ट्याग्राममा राखेपछि प्रहरीको फन्दामा परेकी हुन् ।
म्यानचेष्टरबाट अक्टोबर १२ मा परिवार भेट्न जर्सी पुगेकी थिइन् । विमानमा उनीसँगै बसेको अर्को यात्रुमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कन्ट्याक्ट ट्रयासिङ गर्ने कर्मचारीले आइसोलेसनमा बस्न भनेका थिए । आठ दिन आइसोलेसनमा बसेपछि उनको कोरोना भाइरसको जाँच गर्नुपर्ने र सो जाँच गरेर नेगेटिभ भएको प्रमाणित नभएसम्म उनी आइसोलेसनमा बस्नपर्ने थियो तर उनी तीन दिनमै साथीको घरमा, किनमेल गर्न गएको पाइएको थियो ।
उनले चारपटक कोरोना भाइरसम्बन्धी नियम उल्लंघन गरेको पाइएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङ टीमले पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको र अन्तिममा उनलाई गिरफ्तार गरिएको थियो ।
अदालतमा उनले आइसोलेसनको नियम पालना नगरेको स्वीकारेकी थिइन् । उनलाई पहिलो पटक नियम उल्लंघन गरेकोमा ६०० पाउण्ड र थप तीन पटक उल्लंघन गरेकोमा ६००० पाउण्ड जरिवाना वा ६ महिना जेलको विकल्प दिइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित