टोकियो । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो ।
नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुनेछ । यी दुबै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने सम्झौतामा उल्लेख छ ।
सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताउनुभयो । उहाँले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताउनुभयो ।
जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ ।
वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । अहिल्यै बेलायतको कूल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ । बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुट समेतका सामानमा जापानी बजारमा अझ सस्तिने छन् ।
सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै ई–कमर्श र वित्तीय सेवा समेत जापानमा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
जापानले यसअघि युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो जसमा बेलायत पनि सामेल सदस्य थियो । तर युरोपेली युनियनबाट बेलायतको बहिर्गमन आगामी डिसेम्बरसम्म मात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो ।
जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुबै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट यो सम्झौता लागू हुनेछ । जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ ।
जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ जसमा अधिकाँश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन् ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत