लण्डन । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि बनाएको नियम पालना नगरी पार्टी आयोजना गर्ने चार जना विद्यार्थीलाई प्रहरीले जनही १० हजार पाउण्ड जरिवाना गरेको छ ।
बीबीसीका अनुसार नट्टिङघमको किमबोल्टन एभेन्यू क्षेत्रमा नियमित गस्ती गरिरहेको बेला प्रहरीले पार्टी आयोजना गरेको थाहा पाएको थियो तर सोधपुछ गर्दा सबै जना घर फर्किसकेको भनी आयोजकले ढाँटेका थिए । पछि प्रहरीले घरभित्र छापा मार्दा ३० जना लुकिरहेको भेटेको थियो । प्रहरीले विद्यार्थीहरुलाई भान्समा, सुत्ने कोठामा, भूइँतल्लामा लुकिरहेको पाएको थियो ।
नट्टिङघम ट्रेण्ट विश्वविद्यालयले तेस्रो वर्षका ती विद्यार्थीहरुलाई निलम्बन गरेको बताएको छ ।
नट्टिङघमममा अक्टोबर १४ देखि एकाघरबाहेक अन्यसित घरभित्र भेट्न प्रतिवन्ध लगाइएको छ ।
नट्टिङघम बेलायतमा कोरोना भाइरसको उच्च संक्रमण भएको क्षेत्रमध्येमा पर्छ । सरकारले सो क्षेत्रलाई टियर ३ मा राख्ने तयारी गरिरहेको बुझिएको छ ।
प्रहरीका सहायक प्रमुख कन्सटेवल केट मेनेलले प्रहरीलाई जरिवाना गराउँदा खुशी नलागेको र मानिसहरुले कोरोना नियन्त्रणको नियम पालना नगर्दा धेरैको ज्यान जान सक्ने खतरा रहेको बताइन् ।
नट्टिङघम ट्रेण्ट विश्वविद्यालयका प्रवक्ताले कोरोना भाइरस नियन्त्रणको नियम उल्लंघन गर्ने विद्यार्थीलाई अनुशासनको कारबाही गरिने र निष्कासन समेत गर्न सक्ने प्रावधान रहेको बताएका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त