लण्डन । किँग्स कलेज लण्डनले कस्ता व्यक्तिलाई कोरोना भाइरसले लामो समय सताउँछ भन्ने बारेमा गरेको एक अनुसन्धानको हालै परिणाम सार्वजनिक गरिएको छ ।
बीबीसीका अनुसार सो अध्ययनमा हरेक २० जना कोरोना संक्रमितमध्ये एक जना आठ हप्तासम्म कोरोना भाइरसबाट बिरामी भएको पाइएको छ । अध्ययनले कोरोनाले सबै खालका व्यक्तिलाई लामो समय थला पार्न सक्ने तर महिला, मोटो व्यक्ति र दमका रोगीलाई कोरोना भाइरसले लामो समय सताउन सक्ने खतरा रहेको देखाएको छ ।
किंग्स कलेज लण्डनका डा. क्लेयर स्टिभ्सका अनुसार पहिलो हप्तामा पाँचवटा भन्दा धेरै लक्षण देखा पर्यो भने त्यो कोरोनाले लामो समय सताउने संकेत हुनसक्ने बताइन् ।
कसैलाई खोकी, थकान, टाउको दुख्ने, पखाला लाग्ने र गन्ध थाहा नपाउने लक्षण देखियो भने उसलाई कोरोनाले लामो समय सताउन सक्ने सम्भावना रहेको बताइएको छ ।
यस्तै, ५० वर्षभन्दा धेरै उमेरकालाई र महिलालाई कोरोनाले लामो समय सताउन सक्ने अनुसन्धानले देखाएको छ । डा. स्टिभ्सले भनिन्,’हामीले शुरुवातको तथ्यांकबाट पुरुषहरु गम्भीर रोगबाट ग्रसित हुने र कोरोनाबाट ज्यान गुमाउने खतरा देखियो भने महिलाहरुमा कोरोनाले लामो समयसम्म सताउने खतरा देखियो ।’
यसैगरी, फोक्सोको रोग र दम भएकाबाहेक अन्य स्वास्थ्य समस्या भएकाहरुलाई कोरोना भाइरसले लामो समय सताउने प्रमाण नदेखिएको बताइएको छ ।
कोरोनाले लामो समयले सताउने संकेत व्यक्तिअनुसार फरक फरक भए पनि थकान साझा संकेत भएको अध्ययनले देखाएको छ । अध्ययनले कोरोना संक्रमितमध्ये सातजनामा एक जना कम्ती चार हप्ता बिरामी भएको, २० जनामा एक जना आठ हप्ता बिरामी भएको र ४५ वा एक जना १२ हप्ता बिरामी भएको पुष्टि गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश