काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ । तीमध्ये एक हजार १७४ महिला र एक हजार ९१९ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंँगै देशभरि कुल संक्रमित एक लाख ३९ हजार १२९ र सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेको जानकारी दिनुभयो । यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।
उपत्यकामा सत्र सय संक्रमित
काठमाडौँ उपत्यकामा एक हजार ७०२ जनामा संक्रमण देखिएको छ । काठमाडौंँमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनालाई संक्रमण देखिएको छ ।
डा गौतमका अनुसार आज दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । उहाँले अहिलेसम्म ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिनुभयो । सोअनुसार प्रदेश नंं १ मा १६, प्रदेश नंं २ मा एक, वाग्मती प्रदेशमा ४९, गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूररपश्चिम प्रदेशमा तीन जना छन् ।
देशभर २७३ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सोअनुसार प्रदेश नं १ मा ३०, प्रदेश नंं २ मा १०, वागमतीमा १५०, गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सूदूरपश्चिम प्रदेशमा आठ जना छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत छन् । यस्तै संक्रमित शून्य रहेका जिल्लामा मुस्ताङ छ ।
यसैगरी आज आठ जनाको संक्रमणको कारणले निधन भएको डा गौतमले जानकारी दिनुभयो । अहिलेसम्म ७६५ जनाको संक्रमणको कारणले निधन भएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी