लण्डन । विश्वलाई प्रभावित बनाएको कोभिड १९ भाइरसका बारेमा नेपाली साहित्यकारहरुबाट लिखित कथा बजारमा आएको छ ।
आख्यानकार निर्मलकुमार थापाको सम्पादनमा ‘कोभिड–१९ कथाहरू’ प्रकाशन भएको छ।
पुस्तकमा नेपाललगायत भारत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, अमेरिका, बेलायतमा रहेका २६ नेपाली लेखक/साहित्यकारको कोभिड–१९ बारेको भोगाई कथाका रुपमा संगृहीत छ।
पुस्तकमा अर्चना थापा, इन्दुप्रभा देवी, किशन थापा ‘अधीर’, कुमार नगरकोटी, कुमार शर्मा, गनेस पौडेल, गोविन्द गिरी ‘प्रेरणा’, घिमिरे युवराज, जीवा लामिछाने, टी पी पौडेल, दीपक पराजुली, नव सिलवाल, निर्मलकुमार थापा, पीपला ढुँगाना, मनिषा कोइराला, ममता पन्त मिश्र, महेशविक्रम शाह, यज्ञश, राजकुमार बानियाँ, राजव, रोशन शेरचन, सङ्गीता स्वेच्छा, शायद अशोक, सुनैना पन्थी र सुरेन्द्र नेपाल श्रेष्ठका कथाहरु छन् ।
पुस्तकलाई नेपलिज कल्चर सेन्टरले बजारमा ल्याएको हो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान