लण्डन । अल्डरसटबाट शुक्रबार साँझदेखि नेपाली महिला देवी लिम्बु सकुशल फेला परेकी छिन् ।
ह्याम्पसायर प्रहरीका अनुसार ६५ वर्षीया लिम्बु सकुशल फेला परेकी छिन् ।
स्थानीय नेपाली कम्युनिटी ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष रामधन राईका अनुसार भर्खरै नेपालबाट आएकी उनी बाटो भुलेर आफन्तकहाँ पुगेकी थिइन् । आफ्नो परिवारको सम्पर्क नम्बर नभएका कारण उनी सम्पर्कविहीन भएकी बताइएको छ ।
राईले भने, ”मैले भर्खरै उहाँको आफन्तसँग बोलेँ । उहाँ सकुशल घर फर्किसक्नुभएको छ । प्रहरीलाई पनि यसबारेमा खबर गरिसकिएको छ।”
यसअघि प्रहरीले शुक्रबार साँझ ५ बजे अल्डरसटको क्वीन्स रोडबाट सम्पर्कविहीन भएको बताएको थियो ।
प्रहरीले उनको सुरक्षाका बारेमा चासो व्यक्त गर्दै सर्वसाधारणलाई उनका बारेमा जानकारी दिन अनुरोध गरेको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश