लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको नयाँ नेतृत्वका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
फोनिजको यही अक्टोबर २४ मा हुने तेस्रो अधिवेसनबाट चयन हुने नयाँ नेतृत्वका लागि सो प्रक्रिया शुरु गरिएको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायत १३ सदस्सीय नयाँ कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहने फोनिज युकेका सदस्यहरुले एकजना प्रस्तावकसहितको उम्मेदवारी मनोनयन फाराम भरी शनिबार राति १२ बजेसम्ममा निर्वाचन समितिको इमेल [email protected] मा पठाउनु पर्ने बताइएको छ । मनोनयन फाराम फोनिज युकेको वेभसाइट www.fonijuk.org बाट डाउनलोड गर्न सकिने छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्ने र सो शुल्क फोनिज युकेको बैँक खाता FONIJ UK, Sort Code 40-21-05 A/C 81833669 HSBC BANK मा जम्मा गर्न सकिने बताइएको छ ।
उम्मेदवारी शुल्क अध्यक्षका लागि ३० पाउण्ड, पदाधिकारीहरुका लागि २० पाउण्ड र सदस्यका लागि १० पाउण्ड तोकिएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन १८ अक्टोबर साँझ ५ बजे, उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने १९ अक्टोबर साँझ ५ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २० अक्टोबर साँझ ५ बजे गरिने छ ।
मतदान गर्नुपरेमा मतदान २४ अक्टोबर २०२० का दिन गरिने बताइएको छ ।
फोनिज युकेले नयाँ नेतृत्व चयनका लागि सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा सल्लाहकारहरु बिमला सेने र नरेश खपाङ्गीमगर सदस्य रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी