काठमाडौं। टर्किस एयरलायन्स दुर्घटनाको कारण विगत ३२ घण्टादेखि अवरुद्ध भएको देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थानमा अन्तर्राष्ट्रिय सेवा शुरु हुन थप १६ घण्टा लाग्ने भएको छ। बिहीबार बिहान ८ बजे विमानको अघिल्लो पाङ्ग्रा नखुलेपछि पाइलटले धावनमार्गमा फोर्स ल्यान्डिङ गराएका थिए। बिमान धावनमार्ग नजिकै चौरमा पुगेपनि पखेटा भने धावनमार्गमै रहेको कारण सेवा अवरुद्ध भएको हो।
भारतीय एयरफोर्सको एयरक्राफ्ट रिमुभल किटसहितको टोली आइसके पनि भोलि बिहान १० बजेसम्मका लागि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण नहुने भएको नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले पत्रकार सम्मेलन आयोजना गर्दै भोलि बिहानसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसक्ने जानकारी दिएका हुन्। प्राविधिक सहितको भारतीय टोलीले काम सुरु गरेपनि विमानलाई सतहमा ल्याउन समय लाग्ने भएको हो। ‘विमानलाई लेभलमा ल्याएपछि मात्र रनवे खुला हुन सक्छ,’ सुमनले भने।
भारतीय एयरफोर्सको प्राविधिक सहितको टोलीले काम सुचारु गरेको तर केही समय लाग्ने देखिएकाले १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानका लागि रनवे खुला हुन नसक्ने उनले जानकारी दिए।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि यात्रुहरु अलपत्र छन्। अलपत्र परेका यात्रुहरु विमानस्थलमा भौँतारिरहेका छन्। यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले त्रिभवुन विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई