केन्ट । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले साहित्यकार विजय हितान मगरको अध्क्षतामा तेस्रो कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा थिर थापा मगर, सचिवमा अमित थेवे, सहसचिवमा लाहाङ चेम्जोङ, कोषाध्यक्षमा सेमन्त राई, सहकोषाध्यक्षमा सन्ध्या गुरुङ र मिडिया सचिवमा विश्वजीत थापा रहेका छन् । त्यस्तै, सदस्यहरूमा सर्वधन राई, टिमाया राई, सञ्जीव परदेशी, सुष्मा रुपाबुङ राई र किरण चाम्लिङ रहेका छन् ।
जुम अधिवेशनले घन थापा मगरलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी, सल्लाहकारहरूमा विनेसामका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रीय सदस्य सुरेन्द्र इङ्नाम, गणेश पुन र औँतारी साइलालाई छनोट गरेको छ ।
विश्व नेपाली साहित्य महासंघको स्थापना सन् २०१० मा भएको हो । साउथ यूकेको स्थापना भने सन् २०१६ को मार्चमा भएको हो ।
नवनिर्वाचित अध्यक्ष हितानले यसअघि पनि सन् २०१६ देखि २०१८ सम्म अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
२० मुलुकमा २७ वटा शाखा समितिहरू रहेको महासंघले २०१८ मा साउथ यूकेलाई गतिविधिका आधारमा सबैभन्दा सक्रिय शाखा समिति घोषणा गरेको थियो ।
शनिबार बसेको महासंघको पहिलो बैठकले पूर्व कार्यकालको समीक्षा गर्दै भावी नीति तथा कार्यक्रमको खाका पनि प्रस्तुत गरेको अध्यक्ष हितानले जनाए । उनले आफ्नो कार्यकाल युद्ध साहित्य, वातावरण साहित्य र मातृभाषा साहित्यको कार्यक्रमहरूमा बढी लक्षित हुने उल्लेख गरे ।
यसैगरी, बेलायतमा रहेका नेपाली साहित्यकार र सर्जकहरूको सृजनात्मक प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्न पनि क्रियाशील रहने बताए । महासंघले आगामी नोभेम्बर सात तारिखका दिन युद्ध साहित्य सिर्जना वाचन तथा विमर्श कार्यक्रम आयोजना गर्ने बताए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश