लण्डन । ‘एनआरएन डे’ को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरुसंग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक वर्ष पुगेको परिप्रेक्ष्यमा संघको वार्षिक गतिविधिको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
जुममार्फत भएको छलफलको शुरुवातमा वार्षिक गतिविधिको प्रतिवेदन महासचिव फडिन्द्र भट्टराईबाट प्रस्तुत गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आफुले कार्यभार ग्रहण गरेपछिको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सल्लाहकारहरुलाई स्वागत गर्दै अध्यक्ष पुनम गुरुङले गत वर्षमा कार्यसमितिले यथाशक्य कार्यसम्पादन गरेको र बाँकी समयमा एनआरएन यूकेका सल्लाहकार, अग्रज अगुवा तथा अभियन्ताको सल्लाह सुझावअनुसार काम गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा सहभागी सल्लाहकारहरुले विगत एक वर्षको समयमा कार्यसमितिले सकारात्मक शुरुआत गरेको र बाँकी दिनमा अझै सुधारोन्मुख कार्यहरु गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । झन्डै ५ घण्टाभन्दा बढी चलेको छलफलमा नागरिकता, गोर्खा लगायतका बेलायतवासी नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर अगाडी बढ्न सुझाव दिइएको थियो ।
कार्यक्रममा बोल्दै सल्लाहकारहरुले कोषाध्यक्षको प्रतिवेदनले यो कार्यसमितिको आर्थिक पारदर्शितालाई दर्शाएको र विगत कार्यकालको सवालमा उठेका प्रश्नहरुको समाधानको लागि गठित जाँचबुझ समितिको प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्न सुझाव दिनु भएको थियो । यस सम्बन्धमा मिडियामा देखिएका अभिव्यक्तिहरुप्रति दुख व्यक्त गर्दै सल्लाहकारहरुले संघ भित्रका विमतिहरुलाई संघ भित्रै समाधान गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बोल्दै अधिकांश सल्लाहकारहरुले कतिपय मिडियामा देखिने गरेका एनआरएन सम्वद्द सामाग्रीहरु पूर्वाग्रह प्रेरित भएकोले यसले मिडियाप्रतिको विश्वनीयतामा ह्रास आएको भन्दै चिन्ता र चासो व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विगत कार्यकालको आर्थिक गतिविधिको जाँचबुझ गर्न गठित समितीका संयोजक तथा सल्लाहकार एल एन पाण्डेले समितिले आफ्नो काम शुरु गरिसकेको र यसमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले गर्नु भएको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रमुख पदाधिकारीसहित केही आईसीसी सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा कुल ८२ जनाको सहभागिता थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत