लन्डन। समाजसेवी तथा अभियन्ता चिरन्जीवी ढकाल ग्लोबल नेप्लिज डटकम समूहको अध्यक्षमा नियुक्त भएका छन । बेलायतमा संचालित ग्लोबल नेप्लिज समूहको निर्देशक र सम्पादन समूहको हालै बसेको बैठकले ढकाललाई नियुक्त गरेको हो ।
गैर आवासीय नेपाली संघका संस्थापक सचिव समेत रहनु भएका ढकाल बेलायतमा संचालित अनलाईन पोर्टलको अध्यक्ष तथा निर्देशक रहिसक्नु भएको थियो।एक दशक अघि बेलायतमा प्रकाशित सगरमाथा टाइम्स पत्रिकामा संलग्न ढकाल लन्डन पोस्ट म्यागजिन समूहको समेत अध्यक्ष थिए । समसामायिक बिषयको लेखनमा रमाउने ढकाल बेलायतबाट संचालित नेपाल ब्रिटेन डट कमको करिब एक दशकसम्म अध्यक्ष रहेका थिए । बेलायतमा नेपालीहरुको पुरानो संस्था यति नेपाली एशोशिएशनका पूर्व अध्यक्ष समेत रहेका ढकाल विश्व हिन्दु महासंघ बेलायतको समेत अध्यक्ष समेत हुन ।
अनुभवी ढकालको अध्यक्षतामा ग्लोबल नेप्लिज समूहले सूचना र संचारको माध्यमबाट नेपाली विविधता, कला, भाषा, संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म, नयाँ र पुरानो पुस्तालाई जोड्ने, आधुनिक समाज र परम्परागत सभ्यताहरुलाई जोड्ने पुलको रुपमा उक्त अनलाइनलाई अझै सशक्त ढंगले अघि बढाउने अपेक्षा गरिएको छ । लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर प्रवासी नेपालीहरुका खबरलाई सम्प्रेषण गर्ने कार्यमा जुटीरहने पनि सो अनलाइनले जनाएको छ ।
ग्लोबल नेप्लिज डटकमको सम्पादन समूहमा डा. जगन कार्की, नारायण गाउँले तथा चन्दा घिमिरे रहेका छन् भने सम्पादकीय सल्लाहकारमा भगीरथ योगी रहेका छन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित