लन्डन – बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ।
कार्यक्रम यही आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूम मार्फत आयोजना गरिने छ र विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने छ।
“कोभिद-१९ का कारण प्रभावित बेलायतस्थित नेपाली रेस्टुरेन्ट व्यवसाय हरु लाई ब्रिटिश सरकार ले उपलब्ध गराएका सहुलियत बारे जानकारी दिन पनि हामीले यो वेबिनर आयोजना गर्न लागेका हौँ,” एसोसियसनका अध्यक्ष सरोज सापकोटाले बताए ।
“आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु” (Hospitality Industry – Current Challenges and Opportunities ) विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए।
यस अघि नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि कोभिड-१९ बाट परेको असरबाट व्यापार व्यवसायलाई कसरी जोगाउने र ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका बारेमा छुट्टा छुट्टै वेबिनार गरेको थियो।
सो कार्यक्रम नेप्लिज क्याटरर्स एसोसियसन युके तथा नेप्लिज सेफ एसोसियसन युकेसंगको सहकार्यमा योजना गरिन लागेको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले जनाएको छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा