काठमाडौ। भारत भ्रमण्मा रहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा राष्ट्रपतिसँग र नयाँदिल्लीस्थित आम आद्मी पार्टीको मुख्यालयमा केजरीवालसँग भेटवार्ता गरेको भट्टराईको सचिवालयले जनाएको छ।
भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्तिप्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गरेका थिए। नेता भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा रहेको उल्लेख गर्दै अहिले केही अवरोध भएपनि दलहरु छिट्टै एउटा सहमतिमा पुगेर शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वासमा आफूहरु रहेको बताएका थिए।
राष्ट्रपति मुखर्जीले तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्ध आन्दोलनरत सात दल र विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति गराउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।
राष्ट्रपति भेटे लगत्तै भट्टराई आम आदमी पार्टीको मुख्यालय पुगेर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेटवार्ता गरे। दुवै नेताहरुबीच नयाँशक्तिको विचार बारे छलफल भएको थियो। परम्परागत लोकतन्त्र भन्दा सिधै जनतामा गएर जनताकै काम गर्ने शैलीको विकास गर्नुपर्नेमा दुबै नेताबीच समान धारणा थियो। साथै उनीहरुबीच नियमित सम्पर्कमा रहने विषयमा पनि छलफल भएको थियो। भ्रष्टाचार, अनियमितता लगायतका जनताविरोधी विकृतिको अन्त्य गर्ने गरी लोकतन्त्रको नयां मोडेलको विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ