काठमाडौं। नेकपा एमालेले ८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले मनोनयन गर्न पाउने कोटाबाट ५ र अन्य राजनीतिक दलबाट एकीकरण गर्न आएकाबाट ३ जनालाई वैकल्पिक सदस्य नियुक्त गरेको हो ।
केन्द्रीय कमिटीको कोटाबाट झापाका खगेन्द्र चुडाल, रामेछापका देवशंकर पौडेल, कास्कीका मानबहादुर जिसी, काठमाडौंका रूपनारायण श्रेष्ठ र अछामका झपट रावल वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् । एकीकरणको काटोबाट प्रह्लाद गिरी, देउमान सम्बाहाम्फे र भाष्कर काफ्ले वैकल्पिक केन्द्रीय सदस्य बनेको महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार वैकल्पिक सदस्य मनोनित गरिएपछि एमाले केन्द्रीय कमिटी १ सय ८१ सदस्यीय बनेको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल