लन्डन। बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् ।यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो यहाँ सङ्क्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।
यहाँको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।
बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने