लण्डन । नेपाली उद्योगपति विनोदकुमार चौधरी यस वर्ष करिब १० अर्ब नेपाली रुपियाँ सम्पति कमाउन सफल भएका छन् ।
न्युयोर्कमा प्रधान कार्यालय रहेको फोर्ब्स म्यागाजिनले सोमबार सार्वजनिक गरेको विश्वका नयाँ अर्बपतिहरुको सूचीमा उनी १४१५ अौं स्थानमा पर्न सफल भएका छन् ।
म्यागाजिनका अनुसार उनको सम्पति १ दशमलब ३ मिलियन अमेरिकी डलर रहेको छ ।
चाउचाउ, बियर र होटलमा लगानी रहेको चौधरी समूहले यस वर्ष नेपालमा टेलिकम र हाइड्रोमा लगानी गरेको बताइएको छ भने भारतको फर्न होटलको ५१ प्रतिशत शेयर लिएको उल्लेख गरिएको छ । यसैगरी उनले अफ्रिका र दुबईमा होटलमा लगानी थपेको बताइएको छ ।
यसै वर्ष उनको माहिला छोराको विलासी विवाहमा करिब १ हजार जना पाहुनालाई जयपुरमा तीन दिनसम्म भव्य पार्टी दिएको कुरा पनि पत्रिकामा उल्लेख छ ।
सन् २०१३ मा पहिलो पटक उनी १ बिलियन अमेरिकी डलरसहित फोर्ब्समा सूचीकृत भएका थिए । त्यतिखेर उनको स्थान १३४२ थियो ।
गत वर्ष १ दशमलव २ बिलियन अमेरिकी डलर बराबरको सम्पतिसहित उनी १४६५ अौं स्थानमा थिए ।
उनी फोर्ब्सको सूचीमा पर्ने एक मात्र नेपाली उद्योगपति हुन् ।
यस वर्षको अर्बपतिको सूचीमा माइक्रोसफ्टका बिल गेटस ३ दशमलन २ बिलियन अमेरीकी डलर सहित पुन नम्बर वान बनेका छन् गत वर्ष नम्बर वान बनेका मेक्सिकोका कार्लो स्लीम हेलु दोस्रो स्थानमा झरेका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको १ हजार ८२६ जना अर्बपतिहरुको सूचीमा २९० नयाँ प्रवेशी छन् जसमध्ये ७१ जना चिनियाँ मूलका छन् ।
नयाँ अर्बपतिहरुमा ४६ जना ४० वर्षमुनीका छन् ।
फेसबुकका मार्क जुकरबर्ग १६ अौं स्थानमा छन् भने स्नापचाट एप्सका संस्थापक २४ वर्षीय इभान स्पीगेल कम उमेरका अर्बपति बनेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते